योगीराजजीले यिनीहरुलाई दर्ुइ घण्टासम्म सिद्धासन लगाएर बस्ने आज्ञा दिएका छन् । उनले त्राकट गराएर फेरि अन्तर्ध्यान भएपछि आँखा बन्द गरेर ब्रहृमरन्धमा ध्यान लगाउने आदेश दिएका छन् र के कुरा सम्झाएका छन् भने ब्रहृमरन्ध्रमा ध्यान गर्नाले एक महती दिव्य ज्योति प्रकट हुन्छ । यसलाई देखेर हडबडाउने तथा डराउनुपर्ने आवश्यकता छैन । यो दिव्य ज्योतिलाई स्थिर गर्ने प्रयत्न गर्नुपर्छ । यसमा आफ्नो अधिकार जमाउने कोसिस पनि गर्नुपर्छ । फेरि यसलाई मूलाधारतिर फ्याँक्नर्ुपर्छ । यो दिव्य ज्योतिको रंग विद्युतजस्तो पो हुन्छ । यसको संयोगबाट मूलाधारमा रातोवर्ण्र्ााथवा पहेंलोवर्ण्र्ााथवा सेतो वर्ण्र्ााे एक अर्को विशेष ज्योति प्रकट हुन्छ । यसैले भित्रदेखि नै आफ्नो सारा शरीरलाई प्रकाशित गरिदिन्छ । यसैद्वारा आफूले आफ्नो सारा स्थूल शरीरलाई भित्रबाट नै नख, नाडी, हाड, मज्जालाई देख्दछन् त्यस्तै गरी तपाईं पनि यस ज्योतिद्वारा स्थूल शरीरका सम्पर्ूण्ा कुरा देख्न सक्नुहुन्छ । शरीरभित्र तपाईं सारा कुरा प्रत्यक्ष देख्न सक्नुहुनेछ र तपाइंलाई यस शरीरको वास्तविक ज्ञान हुनेछ । जुन शरीरमा मानिसको खुब ममता हुन्छ त्यस शरीरको वास्तविक ज्ञान भइहाल्छ ।
स्वामीज्यू जब त्राटक गरिसकेपछि ब्रहृमरन्ध्रमा प्रवेश गर्नुभयो तब महती दिव्य ज्योति प्रकट भयो । यो दिव्य ज्योतिले स्वामीज्यूलाई प्रबल धक्का दियो र उहाँ २/३ फिट माथि उठेर जमिनमा पछारिनुभयो । माथि उठ्ने बेलामा तथा तल पछारिने बेलामा उहाँको आसन यथावत् बाँधिएकै थियो । कुनै प्रकारको चोटचाहिँ लागेन तर आँखा भने खुले । महाराजज्यूले सोध्नुभयो- के भयो - स्वामीज्यूले भन्नुभयो- तपाईंका कृपाले एक दिव्य ज्योति मेरा शरीरभित्र प्रवेश गर्यो । यसमा बढी शक्ति र बल थियो । त्यसलाई मैले सहन सकिनँ । अतः त्यसले मलाई उचालेर फ्याँकिदियो । मलाई बिलकुल चोट लागेन र मेरो शरीर निकै हलका प्रतित भइरहेको छ । महाराजज्यूले आज्ञा दिनुभयो- सावधान भएर बस । यस पटक अलिकति शक्तिको प्रयोग गरिन्छ । स्वामीज्यू पहिलेकै जस्तै स्थिर भएर बस्नुभयो । र्सवप्रथम ब्रहृमरन्ध्रमा मन्द-मन्द ज्योति प्रकट भयो । बिस्तार-बिस्तार तेजिलो हुँदैगयो । यसले नै मूलाधारमा प्रवेश गरेर सारा शरीरको साक्षात्कार गर्यो । दोस्रो दिनको अभ्यासमा सम्पर्ूण्ा चक्रहरुको प्रत्यक्षीकरण भयो । तेस्रो दिनका अभ्यासमा प्राण-विज्ञान, यसको गतिविधि र दश स्थानमा यसको कार्य, रंग, रुप इत्यादिलाई प्रत्यक्ष देखियो । चौथो दिनको अभ्यासद्वारा ब्रहृमरन्ध्रका दिव्य ज्योतिहरु र सूक्ष्म शरीरमा मनोमय कोशको साक्षात्कार गरियो । पाँचौ दिनमा सूक्ष्म भूतलाई -पञ्च तन्मात्राहरु) र स्थूल भूतहरुको प्रत्यक्ष गरियो । यिनका सब कार्य, करणहरु र प्रक्रिया पनि देखिए । छैटौं दिन ब्रहृमरन्ध्रमा विज्ञानमय कोशको प्रत्यक्ष विज्ञान र यसका मनोमय कोशबाट प्रत्यक्षीकरण र ज्ञान तथा कर्मेन्द्रियहरुको कारण तथा कार्यलाई प्रत्यक्ष रुपमा देखियो । सातौं दिनमा आनन्दमय कोशमा प्रवेश गरेर सूक्ष्म प्राण, अहंकार र चित्तका कार्यहरुको तथा स्वरुपहरुको साक्षात्कार भयो । आठौं दिनमा कारणरुप प्रकृति र चित्तमा आत्माको स्वरुपको साक्षात्कार भयो । र आफ्नू स्वरुपमा स्थिति बनाएर धेरै घण्टाको समाधिमा स्थिर गरियो । धेरै घण्टाको समाधि पछि उठेपछि श्रीस्वामीज्यूले श्री महाराजज्यूको चरणलाई र्स्पर्श गरेर भन्नुभयो- 'महाराजज्यू ! तपाईंको अपार कृपाले गर्दा आज म कृतकृत्य भएको छु । तपाईंले जन्म-जन्मान्तरको मेरो अध्यात्म-पिपासालाई शान्त पारिदिनुभयो । आज आत्मदर्शन पाएर, यताउता भड्किनुबाट म शान्त भएको छु । तपाईं कृपा गरेर अरु के पनि आशार्ीवाद दिनुहोस् भने यो विज्ञान स्थायी बनोस् !' महाराजज्यूले भन्नुभयो- 'केही समयको अभ्यासपछि यो दृढभूमि हुनेछ । अब परवैराग्य अविशेष छ र त्यो तपाईं आफैंले गर्नुपर्छ । अहिले तपाईंलाई आधा विज्ञान मात्र प्रदान गरिएको छ । जब तपाईंको यो विज्ञान दृढभूमि हुनेछ तब मात्र तपाईंलाई ब्रम्ह-विज्ञान प्रदान गरिनेछ । जब यो विज्ञान दृढभूमि हुनेछ तब तपाईंले यसलाई योग्य अधिकारीलाई मात्र प्रदान गर्नुहोला, जो पायो उसैलाई होइन । पहिले साधन चतुष्टय सम्पन्न भएर आत्मज्ञानको प्राप्तिका साधनहरुमा लाग्नर्ुपर्छ ।'