पतित-पावनाी कल्मष-हारिणी कल्लोलतरङ्गण्िाी पुण्यर्सर्ााा भागीरथी तछनिवासी परमसिद्ध ब्रहृमनिष्ठ श्री १००८ स्वामी ज्ञानाश्रमजीका परम पावन दिव्य चरणकमलमा .. .. .. ..
भगवान् ! जब म संसारको निष्ठूरता र कालको कराल दंष्ट्राघातजनित कातरताले छिन्न-कण्ठ परेवा झैं लोट्तै, दावदग्ध हरिण झैं दौड्दै र्फदथें, तब पर्ूवजन्मका सुकृत फलले हजूरका श्रीचरणकमलको दर्शन प्राप्त भएथ्यो । हजूरको जुन परम-ज्ञानको कृपाले मैले शान्ति लाभ गरेथें, मेरो भ्रम हटेथ्यो, हृदयको ताप मेटिएको थियो- हजूरको उही परम ज्ञानको कृपाले नै नव-जीवन लाभ गरी म पर्ूण्ा सुख-शान्तिको अधिकारी बनेको हुँ र अभूतपर्ूव विमल आलोक छटाको दर्शनले निरन्तर मेरो नसा-नसामा, रोम-रोममा आनन्दको स्रोत प्रवाहित भइरहेछ । "मरुमरीचिकाको जलको पछि लागे झैं मानिस सुखका आशाले लोभिएर संसारमा वृथा दौडिरहेछ ।" हे प्रभो ! आज म भौतिक वैभव-शून्य भएर पनि प्रफुल्लित मनले जीवनलाई धन्य र श्लाध्य सम्भिmरहेछु ।
हे पूज्यचरण ! हजूरको परम स्मृतिले यस बेला नेत्रबाट अजस्र अश्रुधारा बग्न लागिरहेछ, लेख्न सकिंदैन । फेरि पनि अश्रु प्रवाहित नेत्रले तथा काँप्दो हातले यति त अवश्य पर््रार्थना गर्छ कि - यस घोर भौतिक-युगमा, जब तथाकथित महान् व्यक्ति दर्रि्रलाई देखेर हाँस्दछन्, निरन्न व्याधि-ग्रस्तका कातर पर््रार्थनालाई पागलको प्रलाप भनेर उर्डाई दिन्छन् र दुखीको दर्ीघ निःश्वासलाई पापको फल भनेर घृणा गर्दछन् एवं मानिस हृदय दया, माया, सहानुभूति र परदुःखमा दयागनुएको सट्टा हिंसा, द्वेष, निष्ठुरताले परिपर्ूण्ा छ, यस्तो आपत्तिकालीन समयका रोग-शोक सन्ताप-पीडित मानिसहरुका हृदयलाई हजूरको यो ज्ञानले पर्ूण्ा-सुख-शान्ति प्रदान गरोस् तथा जसले मलाई "आफ्नो" भनेर अपनाएको छ, उनलाई लिएर म अन्त्यमा हजूरका परम-पदमा लीन भई जाऊँ ! यसै विनीत पर््रार्थनाका साथ गङ्गाजलले गङ्गा पूजा गरे झैं अर्थात् "हजूरको नै परमपावन दिव्य श्रीचरणकमलमा र्समर्पण गर्दछु- कृपया स्वीकृति प्रदान होस् ।
हजूरको नै एउटा