>
 
Khatpad Baba
 

ब्रम्हज्ञानी परमपुज्य श्री १००८ खप्तडबाबा तत्पुरुष - श्री खप्तड कुटीका आगनमा

२०५३ बैशाख २०


मूल पाता

– परमपूज्य खप्तडबाबाको दर्शन
– गुरु–वन्दना
– याज्ञबल्क्य र गर्गीको संवाद
– भगवान के हुन ?
– संकलन

क) पूज्य खप्तडस्वामी आफ्नू परमपूज्य गुरुको     श्री चरणकमलमा
ख) एक दिब्य बालकको जन्म
ग) श्री गणेशाय नम:
घ) Earth's Greatest Problem
ङ) श्री १००८ ब्रहृमवित् परमपूज्य खप्तडबाबाका     श्री चरणकमलमा गुरु बन्दना
च) श्री खप्तड दर्शन
छ) ब्रम्हज्ञानी परमपुज्य श्री १००८ खप्तडबाबा तत्पुरुषका करकमलबाट पोखिएका 'अमृत'
ज) तत्पुरुष खप्तड बाबाको आर्शिवाद “नेपाली शिक्षा” लाई ( १९८५ )
झ) ब्रम्हज्ञानी परमपुज्य श्री १००८ खप्तडबाबा तत्पुरुषका करकमलबाट पोखिएका मोतिका ग्रन्थहरु:-

१ Essentials of Vedanta
२ The Science Of Yoga
३ बिचार बिज्ञान
४ नारीधर्म तथा पुरुषधर्म
५ म र मेरो कर्तव्य
६ स्वास्थ्य विज्ञान
७ आरोग्य-बिज्ञान
८ आत्म-ज्ञान
९ धर्म-बिज्ञान (प्रथम-खण्ड)
A Divine Boon to Nepali Education-1985

ञ) बाबाका अमृत बचन
ट) बाबाद्वारा दर्शन
ठ) पुण्यस्थल
ड) महासमाधि मन्दिर
ढ) श्री खप्तड आश्रम
ण) सानो प्रयास
त) सम्पर्क

 
 
 
 
 
 

 

श्री १००८ ब्रहृमवित् परमहंस योगी सच्चिदानन्द सरस्वती -खप्तडस्वामी)
महाराजका अनुभूति

व्यक्तिगत अनुभवका विषय यति गुहृय एवं गोपनीय हुन्छन् कि तिनको सम्बन्धमा सामान्यतया कसैसँग आलोचना गर्ने प्रवृत्ति नै हँुदैन । मेरो व्यक्तिगत प्रकृति एकातिर जसरी विश्वासशील छ, अर्कोतर्फत्यसैगरी संशयप्रवण छ । अतएव मेरो आफ्नो जीवनमा जे-जति उपलब्ध गरेको छु र गरिरहेको छु तिनलाई ज्यादै कठोरताका साथ सबै प्रकारका प्रमाणका कसीहरुमा नजाँचीकन मैले स्वयं कहिले पनि सत्य रुपमा ग्रहण गरेको छैन या गर्दिनँ । मेरो विचारमा जे सत्य छ त्यो सदैव सत्य नै रहन्छ । अतः परीक्षा गर्नाले त्यसपकिो चमक बढ्ने नै छ, घट्ने छैन ।

युक्ति तथा विचारको प्रमुख काम हो- असम्भावनालाई पर सार्नु । अर्थात् हृदय प्रिय वचन सुनेर स्वभावतः जुन विषयमा श्रद्धाशील हुन्छ, त्यो अयौक्तिक होइन । अपितु सम्भावनीय हो, यति कुरा देखाउँदैमा युक्तिविचारको कार्य समाप्त हुन्छ । यसपछि साधन-प्रणालीद्वारा त्यसै श्रद्धालाई विषयीभूत, महापुरुषहरुका उपदेशहरु एवं युक्तिद्वारा समर्थित सत्यको रुपमा प्रत्यक्ष पार्नु आवश्यक छ । यस साधान-प्रणालीमा मूलतः योग नै र्सवप्रधान छ । कर्म, ज्ञान, भक्ति आदि यसकै सहायक साधनहरु हुन् । योगको अवलम्बनद्वारा जब साध्य तत्वलाई सम्पर्ूण्ा रुपले प्रत्यक्ष गरिन्छ, तब सकै शङ्काहरु स्वतः दूर हुन्छन् । ज्ञाता र ज्ञेयबीचको भ्रामक भेद हटेपछि विशुद्ध ज्ञानको आकाशमा विशुद्ध चैतन्य-ज्योति स्व्यमेव प्रतिष्ठित भएर अखण्ड स्वप्रकाश सत्ताको रुपमा स्थित हुन्छ । यसैले तर्क-विर्तक तथा शङ्का-उपशङ्काको जालबाट मुक्त भएर चाँडै नै कुनै एक साधनमा लीन भइहाल । यसैमा कल्याण छ । इति ।

मेरो परिचित धेरैजसो भावुक युवक भक्तजन यस्ता छन्, जो हिन्दूर्-धर्मको मौलिक संस्कृत ग्रन्थहरुसँग अनभिज्ञ हुँदा-हुँदै पनि आधुनिक भौतिक एवं व्यावहारिक विद्याहरुमा उच्च शिक्षा प्राप्त गरेका छन् र संस्कृतका मौलिक धार्मिक साहित्यहरुको अध्ययन-अध्यापनको व्यवस्था स्कूल-कलेजहरुमा नभएको हुनाले गर्न पाएनन् । अब उनीहरु व्यवहार तथा गृहस्थी जीवनको जिम्मेवारीमा व्यस्त भएको हुँदा मौलिक ग्रन्थहरुको अध्ययन गर्ने समय निकाल्न अर्समर्थ छन् । यति हुँदा-हुँदै पनि धर्मको स्वरुप तथा आध्यात्मिक साधनाको लागि हृदयदेखि नै लालयित रहन्छन्, त्यस्तै जिज्ञासु पाठकहरुका लागि नै यो धर्म-विज्ञान नामक ग्रन्थको सङ्कलन गरिएको छ । दुःखको कुरा छ- ती महापुरुषहरुमध्ये धेरैजसो आज यस संसारमा छैनन् । म ती सबैप्रति अत्यन्त आभारी छु तथा तिनको दिवङ्गत आत्माको अनन्त शान्तिका लागि कृतज्ञतापर्ूवक भगवान्सँग पर््रार्थना गर्दछु ।